करेन्ट लागेर एक युवकको मृत्यु
टीकापुर, जेठ १९्
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ६ बाघमारामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
बाघमाराका २५ वर्षीय अर्जुन भुलको सोमवार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घर नजिकै रहेको चरेला नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट गम्भीर घाइते भएका भुललाई उपचारको लागि भल्का अस्पताल लम्की लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १९, २०८३ ०८:२३
प्रतिक्रिया दिनुहोस्




