Hamro Patra
अस्पतालमा युवतीको मृत्युः चिकित्सकमाथि लापरवाहीको आरोप

धनगढी, जेठ २०
कैलालीको सदरमुकाम धनगढी उपहानगरपालिका वडा नं. ४ स्थित नवजीवन अस्पतालमा उपचारका क्रममा गोदावरी नगरपालिका वडा नं. ६ लालपुरका सनम बिकको मृत्यु भएको छ ।

मृतकका परिवारले अस्पताल गम्भीर लापरवाहीले सनमको मृत्यु भएको दावी गरिरहेका छन् । आफन्तका अनुसार सनमको केही दिनअघि सोही अस्पतालमा टनसिलको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको ८–९ दिनपछि पुनः रगत बग्न थालेपछि चिकित्सकको सल्लाहमा उनलाई अस्पताल ल्याइएको थियो ।अस्पताल पुगेपछि सनमले आफ्नो टाउको अत्यधिक दुखिरहेको र अवस्था असहज रहेको भन्दै सुई नलगाउन आग्रह गरिरहेकी थिइन् ।

तर नर्सले सुई लगाएपछि उनी केही क्षणमै बेहोस भएकी र त्यसपछि आईसीयुमा सारिएको आफन्तको दाबी छ । केही समयपछि उनको मृत्यु भएको बताइएको छ । मृतकका आफन्तले उपचारमा गम्भीर लापरवाही भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update