Hamro Patra
मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक

टीकापुर, जेठ २० 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले संसदीय दलको बैठक बोलाएका छन् । 

दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता भएको भोलिपल्ट शाहले दलको बैठक बोलाएका हुन् ।

शाहले आज दिउँसो २ बजे बस्ने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका छन् । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

शाहलाई संसदीय दलको नेताबाट हटाउनुपर्ने निर्णय गर्दै ९ जना सांसदले संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

हस्ताक्षर गर्ने मध्येकी डम्मरी महराले पार्टी एकता र सरकारको बजेटका लागि भन्दै हस्ताक्षर फिर्ता लिएको घोषणा गरेकी थिइन् । महरा मुख्यमन्त्रीको पक्षमा उभिएपछि तत्काललाई उनको पद जोगिएको छ ।

प्रदेश सभामा १८ जना सांसद रहेकोमा महराको युटर्नसँगै शाहको पक्षमा ९ र विपक्षमा ८ जना छन् । प्रकाश देउवा भने अमेरिकामा रहेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update