Hamro Patra
लम्कीचुहा १ का काँग्रेस वडा सभापति खनालको जिम्मेवारी खोसियो

टीकापुर, जेठ २१
कैलालीस्थित लम्कीचुहा वडा नम्बर १ का सभापति प्रयागराज खनालले पार्टीको निर्णय कार्यान्वयन गर्न असहयोग गरेको भन्दै उनको जिम्मेवारी खोसिएको छ ।

वडा सभापति प्रयागराज खनालले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै नेपाली काँग्रेसले उनको जिम्मेवारी खोसेको हो ।

वडा सभापति खनाल मुख्यमन्त्री शाहका प्रमुख स्वकीय समेत हुन् । क्रियाशील सदस्यता अद्यावधिक गराउन हाल कृष्णप्रसाद रिमाललाई जिम्मेवारी दिइएको छ ।

वैशाख १ गतेदेखि सुरु गरिएको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने अन्तिम दिन आजका लागि तोकिएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update