Hamro Patra
कुन पालिकाले कति पाउँदैछन् संघीय बजेट ?

टीकापुर, जेठ २६
संघीय सरकार, अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कैलालीका १३ वटै स्थानीय पालिकाले पाउने अन्तिम वित्तीय हस्तान्तरण प्रतिवेदन सार्वजनिक गरेको छ । 

समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरी चारवटा शीर्षकमा पालिकालाई हस्तान्तरण गरिने वित्तीय हस्तान्तरण प्रतिवेदनमा सार्वजनिक गरिएको हो । 

जिल्लाका १३ स्थानीय तहमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाले प्राप्त गरेको छ । सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिकाले ९२ करोड ५७ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाउने भएको छ । 

कैलालीका १३ पालिकामध्ये दोश्रोमा जानकी गाउँपालिकाले ७९ करोड २४ लाख, जोशीपुर गाउँपालिकाले ६८ करोड ७० लाख, गोदावरी नगरपालिकाले ६६ करोड ८७ लाख र घोडाघोडी नगरपालिकाले ६१ करोड ६० लाख वित्तीय हस्तान्तरण पाउने भएको हो । 

जिल्लाको बर्दगोरिया गाउँपालिकाले ५६ करोड ९५ लाख, लम्कीचुहा नगरपालिकाले ५३ करोड ४५ लाख र टीकापुर नगरपालिका ५० करोड ५० लाख वित्तीय हस्तान्तरण पाउने भएको हो । 

त्यस्तै गौरिगंगा नगरपालिकाले ४३ करोड ५४ लाख, कैलारी गाउँपालिकाले ४२ करोड ७४ लाख, भजनी नगरपालिकाले भने ४१ करोड ८ लाख, मोहन्याल गाउँपालिकाले ३४ करोड ८९ लाख र सबैभन्दा कम चुरे गाउँपालिकाले ३३ करोड ८ लाख वित्तीय हस्तारण पाउने भएको छ । 

जानकी र जोशीपुर गाउँपालिकाले गोदावरी, घोडाघोडी, टीकापुर, गौरीगंगा र भजनी नगरपालिका भन्दा बढी वित्तीय हस्तान्तरण पाएका छन् । कैलालीमा एक उपमहानगरपालिका, छ नगरपालिका र छ गाउँपालिका रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update