Hamro Patra
पेस्तोल र घरेलु हतियारसहित युवक पक्राउ

टीकापुर, जेठ २७
धनगढीमा पेस्तोल र घरेलु हतियारसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ५ सत्कार चोकमा कोठा गरी बस्दै आएका भारतको लखिमपुर खिरीका २४ वर्षीय साहिल खानलाई प्रहरीले कटुवा पेस्तुलसहित पक्राउ गरेको हो ।

मंगलबार राति वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले खानको कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा कटुवा पेस्तोलसहित घरेलु हतियार बरामद गरेको हो । 

खानको कोठाबाट कटुवा पेस्तोल थान, खुकुरी एक थान, फलामको रड एक थान, रेन्च एक थान, डिजिटल काटा एक थान र चाँदीजस्तो देखिने माला दुई थान, फलामको ‘टी’ एक थान र टर्चलाइट दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

बरामद गरिएका हतियार तथा सामग्रीसहित खानलाई नियन्त्रणमा लिइएको हो । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update