खोलाले बगाउँदा एक मृत्यु: एक बेपत्ता
टीकापुर, जेठ २९
कैलालीको गोदावरी नगरपालिकामा गए राती परेको अबिरल बर्षाले गोदावरी नगरपालिका वडा नं ४ का दुई जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरा सिंह महराका अनुसार गोदावरी खोलामा आएको बाढीले दुई जना महिलालाई बगाएकोमा एक महिलाको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन्।
खोजतलासका क्रममा गोदावरीस्थित मसानघाट नजिकै ५५ वर्षीया महेश्वरी धमला मृत अवस्थामा फेला परेकी छन् भने ४० वर्षीया कल्पना साउँदलाई खोलाले बगाएको छ। उनीहरू बिहान च्याउ टिप्न जंगल गएको बुझिएको छ।
आज बिहान करिब पौने ७ बजे नदीमा एक्कासी आएको बाढीले दुई महिलालाई बगाएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३ ०८:४३
प्रतिक्रिया दिनुहोस्






