टीकापुर, जेठ २९
कैलालीमा प्रहरीले १० लाख मुल्य बराबरका ७ वटा मोटरसाइकल बरामद गरेको छ ।
जिल्लाको मध्यवर्ती इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ कैलालीबाट खटिएको प्रहरी टोलीले सडकपुरका विभिन्न स्थानहरुबाट झण्डै १० लाख मुल्य बराबरका ७ वटा मोटरसाइकल बरामद गरिएको हो ।
उक्त मोटरसाइकल आवश्यक कारबाहीको लागि सत्ती भन्सार कार्यालय कैलालीमा बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३ १३:०७
प्रतिक्रिया दिनुहोस्






