टीकापुर, जेठ ३०
सुदूरपश्चिमका डीआईजी ओम रानाको सरुवा भएको छ । रानाको सरुवा भएपछि उनको स्थानमा सानुराम भट्टराइ आउने भएका छन् ।
नेपाल प्रहरीका चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ । गृह मन्त्रालयले गरेको निर्णयअनुसार विभिन्न प्रदेश तथा विभागमा उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
सरुवा सूचीअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेशमा, ओम अधिकारीलाई मधेस प्रदेशमा र गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालयमा खटाइएको छ ।
त्यस्तै, ओम रानालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । राना सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुख रहेका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३ ०८:३०
प्रतिक्रिया दिनुहोस्






