Hamro Patra
सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

टीकापुर, जेठ ३०
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतका साथ पारित भएको छ ।

शनिबार बसेको प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत ११औं बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरेको हो । जम्मा १२ मिनेट चलेको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । मुख्यमन्त्रीको जवाफपछि सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रम निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए ।

त्यसपछि ‘सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभा नियमावली, २०८० को नियम ३८ को उपनियम (४) बमोजिम बहुमतले पारित भएको सभामुख भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update