Hamro Patra
पत्रकार दीपेन्द्र भट्ट पक्राउ

टीकापुर, जेठ ३१

कैलाली प्रहरीले पत्रकार दीपेन्द्र भट्टलाई पक्राउ गरेको छ । उनलाई आज धनगढीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युतीय कारोबारसम्बन्धी परेको उजुरीका आधारमा भट्टलाई नियन्त्रणमा लिइएको हो ।

घटनाबारे थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । भट्ट सामाजिक संजालमार्फत अनियमितताका विषय उठाउदै आएका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update