Hamro Patra
श्रीलंकाबाट भन्सार छलीका सामान बरामद

टीकापुर, असार १
कैलालीको टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

टीकापुर नगरपालिका वडा नं. ८ श्रीलङ्काको कर्णाली नदी किनारबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका झण्डै १ लाख ८४ हजार ७ शय २० रुपैयाँ बराबरका विभिन्न सामान प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार पानी टेप, चेक भल्भ, सकेट, नट–बोल्ट, ट्युब तथा एउटा मोटरसाइकल सहितका सामान बेवारिसे अवस्थामा फेला परेका थिए ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले ती सामान बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update