Hamro Patra
नाबालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

धनगढी, असार १
कञ्चनपुरको दक्षिणी पुनर्वास नगरपालिका वडा नं. ५, भानुबस्तीबाट नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ६० वर्षीय सुका दौडेलाई पक्राउ गरेको हो ।

दौडेमाथि १३ वर्षीया नाबालिकालाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, असार १, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update