टीकापुर, असार ६
बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् ।
नहरमा पानी ल्याउनका लागि बाँध बाध्न गएका राजापुर नगरपालिका वडा नं. ४ शान्तीपुरका १६ वर्षीय नारायण चौधरी पानीमा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता भएका चौधरीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाँध बाध्ने क्रममा चौधरी डुबेर बेपत्ता भएको खुलेको हो ।
बेपत्ताको खोजीको लागि स्थानीयवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको उद्धारको टोली परिचालन भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक भुपेन्द्र बुढाथोकीले बताए ।
कर्णाली नदीको पानी बर्दियातर्फ ल्याउन वर्षेनी अस्थायी बाँध बाध्नका लागि किसानहरू जोखिमपूर्ण रुपमा जाने गर्दछन् ।
प्रकाशित मिति: शनिबार, असार ६, २०८३ १७:५६
प्रतिक्रिया दिनुहोस्






