Hamro Patra
१६ वर्षीया किशोरी बलात्कारको आरोपमा युवक पक्राउ

टीकापुर, असार ८
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ राजीपुरका २६ वर्षीय मिलन साउँदलाई एक १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पीडित बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । साउँदलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रियाअनुसार अभियुक्तमाथि आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update