Hamro Patra
गर्मी बढेपछि धनगढीका विद्यालय चार दिन बन्द

धनगढी, असार ८ 
कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । 

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि पालिकाले असार ९ गतेदेखि १२ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो । बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गरेर बर्खे र हिउँदे बिदाबाट मिलान गर्नेगरी बिदा दिएको शिक्षा अधिकृत जयराज जैशीले बताए । 

साथै, तातो हावाबाट बच्न सावधानीका उपायहरू अबलम्वन गर्न पनि धनगढी उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०८३  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update