टीकापुर, असार ११
कैलालीको टीकापुरमा डल्लप र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका वडा नं. ४ ठानापुरमा स्थानीय ४५ वर्षीय श्रीराम चौधरीले चलाएको डल्लप र बर्दगोरिया गाउँपालिका वडा नं. ४ मुडाका ४० वर्षीय रुपलाल बादीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प २१८३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक बादीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गम्भीर घाइते भएका बादीलाई उपचारका लागि टीकापुर अस्पताल कैलाली नेपालगञ्ज रिफर गरिएको थियो । गएराति भएको घटनामा घाइते बादीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थिए ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०८३ ११:३२
प्रतिक्रिया दिनुहोस्








