Hamro Patra
सेनाको ब्यारेकमा ग्रेनेड विष्फोटः एक सैनिकको मृत्यु

टीकापुर, असार ११
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.३ गोराङ्गेस्थिति नेपाली सेनाको ब्यारेकमा ग्रेनेड विष्फोट हुँदा एकजना सैनिक जवानको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

​श्रोतका अनुसार ब्यारेकभित्र सैन्य तालिम वा नियमित कार्यका क्रममा अचानक ग्रेनेड विष्फोट भएको बताइएको छ । 

विष्फोटमा परी घाइते भएका दुबै जनालाई तत्काल लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा घाइते सेनाका जवानको ज्यान गएको हो ।

घाइते भएका अर्का जवानको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update