Hamro Patra
डोटीको होटलमा एक युवक मृत भेटिए

टीकापुर, असार १३
डोटीको जोरायल गाउँपालिका वडा नं. १ गैरास्थित एक होटलमा बास बसेका एक युवक आज बिहान मृत फेला परेका छन् । 

मृतक कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० सुर्खेती टोलका ३५ वर्षीय सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीका अनुसार थापा शुक्रबार राति कञ्चनपुरबाट घुम्न आएका १३ सदस्यीय टोलीसँगै रेनुका होटलमा पुगेका थिए । उनी राति करिब साढे ९ बजे होटलमा पुगेपछि कोठा नम्बर २०४ मा चालक बसन्तबहादुर सिंहसँगै बसेका थिए ।

शनिबार बिहान उठाउने क्रममा थापा मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय विपीनगरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त टोली सुदूरपश्चिम प्रदेश ०२००१ ख १३२८ नम्बरको गाडीमा यात्रा गर्दै डोटी पुगेको थियो ।

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update