Hamro Patra
सुरक्षा सुनिश्चितता गर्न सबै जिम्मेवार हुनुपर्छः मुख्यमन्त्री शाह

धनगढी, असार १३
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

आजदेखि धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जिउधन र राज्यको सुरक्षामा सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए ।

‘राज्यका सम्पूर्ण निकायहरू एकअर्काका परिपूरक हुन्‌’ मुख्यमन्त्री शाहले भने ‘राज्यका सबै निकायबिच समन्वय र सहकार्य भयो भने मात्रै प्रभावकारी नतिजा हाँसिल गर्न सकिन्छ ।’

जनताको सुरक्षालाइ केन्द्रबिन्दुमा राखेर काम गरे मात्रै नागरिकको भरोसा जित्न सकिने स्पष्ट पार्दै मुख्यमन्त्री शाहले सरकार र नेपाल प्रहरीबिचको आपसी समन्वय र सहकार्यबाट सम्भब हुने बताए । 

उनले अपराध अनुसन्धानका क्षेत्रमा देखिएका कमजोरी सुधार गर्दै प्रदेशभर एकरूप कार्यशैली विकास गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी, व्यावसायिक तथा नतिजामुखी बनाउन स्पष्ट रणनीति तय गरी कार्यान्वयन गर्नुपर्ने मुख्यमन्त्री शाहको भनाइ थियो ।

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update