Hamro Patra
दुई किलो चरेससहित दुई जना पक्राउ

टीकापुर, असार १४
कैलालीमा दुई किलो चरेससहित दुई जनालाई पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नं. १ अत्तरियास्थित एक होटलबाट डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नं. ३ का ४५ वर्षीय शंकरकुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ४ का ५२ वर्षीय मिनराज भट्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

तिमिल्सिनाका अनुसार शाही गोदावरी र भट्ट धनगढीमा डेरा गरी बस्दै आएका थिए । उनीहरुको साथबाट दुई किलो २०५ ग्राम चरेस बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको संयुक्त टोलीले दिउँसो साढे १ बजेतिर ममता सेकुवा सेन्टरमा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा अप्रेसन गरेको थियो । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १४, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update