Hamro Patra
सामुदायिक वनबाट भरुवा बन्दुक बरामद

अछाम, असार १७
सुदूरपश्चिमको पहाडी अछामको साँफेबगर नगरपालिका वडा नं. ४ डाँडाखालसैनस्थित धामीटोला सामुदायिक वनबाट वेवारिसे दुई नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । 

उक्त वनको खन्युका रुखमुनि लुकाइछिपाइ राखिएको अवस्थामा बेवारिसे दुई नाले भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले ती बन्दुक फेला पारी बरामद गरेको हो ।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update