Hamro Patra
सेफ्टी ट्याङ्कीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

धनगढी, असार १७ 
कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ बाँस्कोटामा नयाँ निर्माणाधीन सेफ्टी ट्याङ्कीमा डुबेर एक पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।

जिल्ला बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ घर भई हाल मामाघर आएकी टपेशबहादुर केसीकी ५ वर्षीया छोरी शशिका मल्ल केसी मंगलबार दिउँसो निर्माणाधीन सेफ्टी ट्याङ्कीको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update