टीकापुर, असार १८
कैलालीको जानकी गाउँपालिकामा पावर टेलर पल्टिदा चालकको मृत्यु भएको छ ।
जानकी गाउँपालिका वडा नं. ८ आमपुर भक्रैयामा पालर टेलर पल्टिदा वडा नं. ५ पथरैयाका २५ वर्षीय नरेन्द्र चौधरीको मृत्यु भएको हो ।
पावर टेलर अनियन्त्रित भई पल्टिदा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०८३ ०९:२२
प्रतिक्रिया दिनुहोस्








