टीकापुर, असार १८
कैलालीको सदरमुकाम धनगढीमा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नं. ७ मनेहराबाट अवैध लागुऔषध खैरो हेरोइन ६२० मिलिग्रामसहित सोही ठाउँका २७ वर्षीय नरेश थापा पक्राउ परेका हुन् ।
थापालाई बुधबार जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १८, २०८३ ०९:३०
प्रतिक्रिया दिनुहोस्








