Hamro Patra
कैलालीमा एक पुरुष मृत फेला

टीकापुर, असार १९ 
कैलालीको पहाडी चुरे गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चुरे गाउँपालिका वडा नं. १ आमसेरा ग्वानी बस्ने ४८ वर्षीय शेर बहादुर थापा मृत भेटिएका हुन् ।

सोही गाउँपालिका वडा नं. १ मिलनपुरस्थित चिनानी खोला किनारमा उनको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update