Hamro Patra
हिरासतबाट थुनुवा फरारः प्रहरी जवान निलम्बित

टीकापुर, असार २३
कैलालीको सुदूरपूर्वी क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार भएको घटनामा छानबिन समिति गठन गरिएको छ । 

घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो । आइतबार राति लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवा संजय नगार्जी हिरासतबाट फरार भएका थिए । 

उक्त घटनापछि ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार थुनुवा संजय नगार्जीको खोजी कार्य तीव्र पारिएको छ भने छानबिन समितिले घटनामा लापरबाही वा कमजोरी भए–नभएको विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update