Hamro Patra
इप्रका टीकापुरको हिरासतबाट फरार थुनुवा पक्राउ

टीकापुर, असार २५

इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट भागेका थुनुवा पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर २ राजीपुरका ३१ वर्षीय संजय नगार्जी रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले केही समय अघि टीकापुर नगरपालिका वडा नम्बर ४ अस्नेरीबाट भातरतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

असार २१ गते राति १२ बजे भागेका नगार्जी भेष बदलेर मोटरसाइकल चलाएर भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनी लागुऔषध मुद्दामा थुनुवामा थिए । सोही क्रममा डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीको आँखा छल्दै भागेका थिए ।

उनी भागेको घटनामा जिल्ला प्रहरी कार्यालय कैलालीले डीएसपी तिमिल्सिनाको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । सो समितिले प्रहरी जवान भण्डारीलाई निलम्बन गरेर छानविन गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २५, २०८३  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update