Hamro Patra
लागूऔषधसहित चार जना पक्राउ

टीकापुर, असार २७
कैलालीको सुदूरपूर्वी टीकापुर र धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन ४१० मिलिग्राम सहित वडा नं. ६ का २० वर्षीय अमित परियारलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले परियारलाई पक्राउ गरेको हो ।

त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नं. ८ बाट लागूऔषध खैरो हेरोइन ७० मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सोही ठाउँका ३२ वर्षीय हरिलाल राना, २२ वर्षीय उमेश राना र २० वर्षीय हेमराज राना रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update