टीकापुर, असार ३०
कञ्चनपुरमा महाकाली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहनसिंह ठगुन्नाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतले दिएको जानकारी अनुसार सोमबार दिउँसो नदीमा नहुाउने क्रममा बेपत्ता भएको ठगुन्ना मृत फेला परेका हुन् ।
स्थानीय र प्रहरीले संयुक्त खोजी गर्दा उनी डुबेकै स्थान नजिकै मृत भेटिएका हुन् । उनका शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३ ०८:३६
प्रतिक्रिया दिनुहोस्








