Hamro Patra
किशोरीमाथि करणीः बैतडीका युवक पक्राउ

टीकापुर, असार ३०
कैलालीको अत्तरियास्थित एक होटलमा राखेर किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीको सिगास गाउँपालिका वडा नं. १ का २० वर्षीय राजेश धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

धामीले २४ असारमा ती किशोरीलाई घरबाट अत्तरिया बोलाई एक होटलमा राखेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको डीएसपी तिमिल्सिनाले बताए ।

धामीलाई सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ८ को क्याम्पस चोकबाट पक्राउ गरिएको थियो । उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  ०८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update