Hamro Patra
जमरा नदीमा एकजना मृत फेला

टीकापुर, असार ३२
कैलालीको टीकापुर सुन्दरपुरस्थित जमरा नदीमा एकजना मृत अवस्थामा फेला परेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ७ सुन्दरपुरस्थित जमरा नदीमा सोही ठाउँ बस्ने ५७ वर्षीय दुहना डगौरा थारू बुधबार मृत अवस्थामा फेला परेका हुन् । 

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय टीकापुरले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update