सुर्खेत, साउन २
शुक्रवार सुर्खेतको चौकुने गाउँपालिकास्थित कर्णाली नदीबाट नुहाउने क्रममा बेपत्ता भएका बाजुराकाका २९ वर्षीय रामबहादुर भण्डारीको खोजी गरिदिन आफन्तले अपिल गरेका छन् ।
बाजुराको त्रिवेणी नगरपालिका वडा नं. ३ पुभुतीका भण्डारीको अवस्था खुल्न सकेको छैन । भण्डारीका आफन्तले नेपाल प्रहरी, स्थानीय सरकार, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारणलाई उनको खोजीमा सहयोग गरिदिन अपिल गरेका हुन् ।
भण्डारीका आफन्तले इलाका प्रहरी कार्यालय बाबियाचौरमा दिएको निवेदन अनुसार भण्डारी २०८२ मंसिर १६ गतेदेखि सुर्खेतको चौकुने गाउँपालिका वडा नं. १ का पे्रमबहादुर साउँदको लु.३ च. ६७५२ नम्बरको बोलेरो गाडी चलाउँदै आएका थिए ।
भण्डारीका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।
प्रकाशित मिति: शनिबार, साउन २, २०८३ १४:११
प्रतिक्रिया दिनुहोस्








