Hamro Patra
१४ वर्षीया बालिकालाई जबरजस्ती करणीः युवक पक्राउ

टीकापुर, साउन ५
टीकापुरबाट एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका वडा नं. ३ कटानपुरका २१ वर्षीय राहुल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई  नियन्त्रणमा लिएको हो ।

यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update