Hamro Patra
ब्राउन सुगरसहित सलमान खान पक्राउ

टीकापुर, साउन ६
कैलालीको सदरमुकाम धनगढीमा ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार उनीहरू मङ्गलवार साँझ पौने ६ बजे १ ग्राम ९ मिलिग्राम खैरो हिरोइन धनगढी उपमहानगरपालिका वडा नं. ६ केआई सिंह चोकबाट प्रकाउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको लखिमपुर खिरी घर भएका २४ वर्षीय सलमान खान, २५ वर्षीय जहिद अली र २१ वर्षीय महोम्मद असलम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update