Hamro Patra
एकैदिन १५ जना लागूऔषध सहित पक्राउ

टीकापुर, साउन ९
कैलालीका विभिन्न स्थानबाट प्रहरीले एकैदिनमा १५ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले जिल्लाको टीकापुर नगरपालिका वडा नं. १ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय मिलिग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँका २८ वर्षीय सागर खत्री र १८ वर्षीय एक किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ पितमारीस्थित कर्णाली एडभेन्चर रिसोर्टबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय २० मिलिग्राम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँका २३ वर्षीय विनोद विष्ट र लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानी टुक्कीबजार बस्ने कालिकोटको रास्कोट नगरपालिका वडा नं. ४ का २५ वर्षीय गोविन्द्र शाही रहेका छन् । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले कैलारी गाउँपालिका वडा नं. ५ गोबरैला घाटबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ४७ मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका वडा नं. ७ भुईयाफाँटाका २३ वर्षीय अमन चौधरी र भजनी नगरपालिका वडा नं. ९ पचमुडियाका २७ वर्षीय निराजन चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

नेपाल प्रहरीले धनगढी उपमहानगरपालिका वडा नं. ८ क्याम्पस चोकबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ३२३ मिलिग्राम सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँका २८ वर्षीय आयुष सिंह, वडा नम्बर २ का ३४ वर्षीय जयबहादुर भण्डारी, वडा नं. १० का ३० वर्षीय टेकेन्द्र बस्नेत र कैलारी गाउँपालिका वडा नं. २ घर भई वडा नं. ८ क्याम्पस चोकमा बस्ने २५ वर्षीय श्रीमल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले श्रीमल चौधरीको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।    

यस्तै, जिल्लाको गोदावरी वडा नंं ५ गेटा सुकुम्वासी टोलबाट अवैध लागूऔषध गाँजा ३७० ग्राम सहित सोही ठाउँका ४५ वर्षीय खडक डंगौरालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले निजको घरकोठा खानतलासी गर्दा प्लाष्टिकको डिब्बाभित्र लुकाइछिपाइ राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।    
प्रहरीले धनगढी उपमहानगरपालिका वडा नं. १७ पथरी पुलबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय ३५ मिलिग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही ठाउँका २६ वर्षीय राजेश राना र २५ वर्षीय किरन राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    

यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं. ७ जिपी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन २ शय ३८ मिलिग्राम सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँका २५ वर्षीय विकास जेठारा र २८ वर्षीय विवेकराज उपाध्याय रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update