Hamro Patra
१३ वर्षीया बालिका बलात्कृत

टीकापुर, साउन ९
कैलालीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कडका २० वर्षीय अन्नु कठरिया पक्राउ परेका हुन् ।

बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update