Hamro Patra
धनगढीमा धन्कियो नारा, ‘गोविन्द केसीः गो ब्याक’ 

धनगढी, साउन १६
कैलालीको धनगढीमा २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीविरुद्व धनगढीमा प्रदर्शन भइरहेको छ । उनी अनसनरत कृष्ण मन्दिरको धर्मशाला बाहिर शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले प्रदर्शन गरिरहेको हो ।

डा. केसीले विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारको नियुक्ति खारेजीको माग राख्दै सत्याग्रह थालेको भन्दै प्रदर्शनकारीहरूले ‘गोविन्द केसी गो ब्याक’ लगायतका नाराबाजी गरेका छन् ।

प्रदर्शनका कारण कृष्ण मन्दिर धर्मशालाको बाहिरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डा. केसीले निजी संस्थामा आवद्धलाई उपकुलपति र रजिस्ट्रारमा नियुक्त गरिएको भन्दै खारेजलगायत पाँचबुँदे माग राख्दै बिहीबारदेखि धनगढीमा सत्याग्रह सुरु गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update