टीकापुर, साउन ९
टीकापुरस्थित फिटलाइफ जिमले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत टीकापुरको छ लेन सडकका खाल्डाखुल्डी मर्मत गरेको छ । जिमले आज छ लेन सडकको जमरापुलदेखि बसपार्कसम्मको खाल्डाखुल्डीमा सिमेन्ट, गिट्टी, बालुवाको प्रयोग गरेर मर्मत गरेको हो ।
तीन वर्षअघि निर्माण सम्पन्न भएको छ लेन सडकका बिच बिचमा ठूला खाल्डाहरु परेका थिए । ती खाल्डाका कारण सडक दुर्घटना बढिरहेका बेला जिमले आफ्नै लागतमा मर्मत गरेको हो ।
‘आफ्नो ठाउँः आफै बनाउन’ सन्देश दिने उद्देश्यले सडकका खाल्डाखुल्डी मर्मत गरिएको जिमका सञ्चालक डेनियल थापाले बताए ।
जिमले टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. २१ स्थित आफ्नै भवनबाट दैनिक व्यायाम, जुम्बा डान्स तथा फिटनेस सम्बन्धी कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: शनिबार, साउन ९, २०८३ १७:५२
प्रतिक्रिया दिनुहोस्








