Hamro Patra
सर्पको टोकाईबाट २९ वर्षीय युवकको मृत्यु

टीकापुर, साउन ११
कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ बजेतिर कैलारी गाउँपालिका वडा नं. ५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो । 

सर्पदंशपछि उपचारका लागि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकामा उपचारकै क्रममा १०ः४० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए । 

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update