Hamro Patra
जबरजस्ती करणी आरोपमा पुरुष पक्राउ

टीकापुर, साउन १५
कैलालीको दक्षिणी भजनी नगरपालिकामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिका वडा नं. ५ लालबोझी निवासी ५२ वर्षीय सीताराम चौधरीलाई ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार राति पक्राउ गरिएको हो ।

पीडित महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update