Hamro Patra
विश्वविद्यालयको छतबाट हाम फालेका युवकको मृत्यु

टीकापुर, साउन १६
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको छतबाट हाम फालेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान महेन्द्रनगरस्थित विश्वविद्यालयको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका वडा नं. ४ का २३ वर्षीय उत्तम कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले कार्कीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा दिउँसो करिब १२ बजे मृत्यु भएको जानकारी दिए ।

कार्की बीएचएमको प्रवेश परीक्षा दिन विश्वविद्यालय पुगेका बेला उक्त घटना भएको प्रहरीले जनाएको छ । छतबाट खसेपछि उनलाई तत्काल महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update