Hamro Patra
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

टीकापुर, साउन १८
कैलालीको सदरमुकाम धनगढीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक युुवतीको मृत्युु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नं. ८ सेतोपुलमा गएराति से ६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा वढा नं. ६ का २८ वर्षीया सम्झना चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार टाउकोमा गम्भीर चोट लागेको अवस्थामा सेती प्रादेशिक अस्पताल लगिएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । 

मोटरसाइकल चालक गोदावरी नगरपालिका वडा नं. ८ का ३६ वर्षीय बिनोद चौधरी घाइते छन् । चौधरीको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था समान्य छ भने दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update