Hamro Patra
कैलाली केरा उत्पादक संघको अध्यक्षमा दिपेन्द्र सोसी थारु चयन

टीकापुर, साउन १७
कैलाली केरा उत्पादक संघको अध्यक्षमा दिपेन्द्र सोसी थारु सर्वसम्वत चयन भएका छन् । टीकापुरमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले थारुलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । थारु संघको तदर्थ समितिमा समेत अध्यक्ष थिए । 

जिल्ला प्रशासन कार्यालय कैलालीमा दर्ता भएको केरा उत्पादक संघको उपाध्यक्षमा टीकापुरका अगुवा केरा किसान टेकेन्द्र धामी चयन भएका छन् भने संघको सचिवमा नेत्र केसी र कोषाध्यक्षमा शेरबहादुर साउँद सर्वसम्मत रुपमा चयन भएका छन् । 

संघको सदस्यहरुमा केशर रावल, कमलबहादुर विष्ट, अनिल कुवँर, थिरज दास र  जनक चौधरी सर्वसम्मत रुपमा चयन भएका छन् । 

केरा उत्पादनका लागि प्रख्याती कमाई रहेको टीकापुर क्षेत्रका केरा किसानहरुका साझा समस्या, सरकारसँगको समन्वय, केरा खेतीमा नयाँ प्रविधिहरुको प्रयोग र उत्पादन तथा बजारीकरणमा सहजीकरण गर्न संघ दर्ता गरिएको संघका उपाध्यक्ष धामीले बताए । 

देशभर १५ अर्ब रुपैयाँको नेपाली केरा उत्पादन हुँदै आएकोमा कैलालीमा मात्रै २ अर्ब बढीको केरा उत्पादन हुने गरेको छ । केराखेती र किसानको संख्या समेत वृद्धि हुँदै गएका बेला व्यावसायिक केरा किसानहरु संगठित भएका हुन् ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update