टीकापुर, साउन १७
कैलालीका सीमा क्षेत्रबाट चारजनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलाबाट प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खक्रौलाबाट बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ पहाडीपुरका १८ वर्षीय दुई किशोरलाई ३ ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले ती किशोरलाई नियन्त्रणमा लिएको थियो ।
त्यस्तै खक्रौलास्थित सत्ती भन्सार कार्यालय नजिकबाट इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १० का ३१ वर्षीय हिमाल रावल र लम्कीचुहा नगरपालिका वडा नं. ३ का ४० वर्षीय राकेश गुरुङलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ६० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






