Hamro Patra
खोलामा डुबेर एक बालकको मृत्यु

टीकापुर, साउन १७
कैलालीको मध्यवर्ती गौरीगंगामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका वडा नं. ८, लिक्मा खोलामा साथीहरूसँगै नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलीम धामी डुबेका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराले खोलामा डुबेका सलीमको उद्दार गरेको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको बताए ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update