Hamro Patra
दौलतपुरको झुलुङ्गे पुल पुनः सञ्चालनमा

टीकापुर, साउन १९
कैलालीको टीकापुर र बर्दियाको दौलतपुर जोड्ने झुलुङ्गे पुल आवश्यक मर्मतपछि पुनः सञ्चालनमा आएको छ । बर्दियातर्फको सपोर्ट पिल्लरमा चिरा (क्र्याक) देखिएपछि एक साताका लागि बन्द गरिएको पुल मर्मतपछि सोमबारदेखि पुनः सञ्चालनमा आएको हो । 

निर्माण कम्पनी थानी निर्माण सेवाले अत्यधिक भीडभाड तथा पिल्लरको आधार क्षेत्रमा रहेको माटोको अवस्थाका कारण समस्या देखिएकाले  प्रभावित भागको मर्मत सम्पन्न गरी पुल पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ । 

निर्माण कम्पनीले भविष्यमा यस्तै समस्या दोहोरिए प्राविधिक टोलीमार्फत दिगो समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै पुलमा अनावश्यक भिड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

१५ करोड ७३ लाख ९५ हजार ५२८ को लागतमा बनेको उक्त पुलको लम्बाइ ४८२ मिटर रहेको पुल अवलोकन गर्न दैनिक ठूलो संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update