ट्रक र बोलेरो ठोक्किँदा एक युवकको मृत्यु
टीकापुर, साउन २०
कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ झुंगा दाराबोझी चोकमा ट्रक र बोलेरो ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा बोलेरोका सहचालक सल्यानका २३ वर्षीय सञ्जीव ओली रहेका छन् ।
हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्जबाट धनगढीतर्फ आउँदै गरेको लु.प्र ०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो गाडी र भे १ क ५०१ नम्बरको भेरी ग्याँसको सिलिन्डर बोकेको ट्रकको आपसमा ठोक्किएका थिए ।
इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०८३ ०८:५५
प्रतिक्रिया दिनुहोस्






