मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
टीकापुर, साउन २०
कैलालीको दक्षिणी भजनीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
भजनी नगरपालिका वडा नं. ४ बिजुलियास्थित सडकमा खोपाबाट जाँदै गरेको से.१ प ७२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका वडा नं. १२ का ५६ वर्षीया गुरहनिया चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिएस अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सुख्खडमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २०, २०८३ ०९:०७
प्रतिक्रिया दिनुहोस्






