Hamro Patra
टीकापुरसहित चार अस्पताल गेटामा गाभिने

टीकापुर, साउन २१ 
कैलालीको टीकापुर अस्पतालसहित चारवटा अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि शिक्षण अस्पतालका रूपमा उपयोग गर्न स्वीकृति दिएको छ ।

बिहीबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल धनगढी, लम्कीचुहा प्रादेशिक अस्पताल लम्की, टीकापुर प्रादेशिक अस्पताल टीकापुर र महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरलाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित निकायसँग आवश्यक सम्झौता गर्ने तथा अन्य कानुनी र प्रशासनिक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रदेश सरकारका अनुसार यो निर्णयसँगै विश्वविद्यालयको शैक्षिक तथा प्राविधिक संरचना विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढ्नेछ। साथै, चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update